काल्खु मेलामा साँस्कृतिक कार्यक्रम, मंगलबारदेखि भलिबल हुने
स्याङ्जा | बैशाख १, २०८२
स्याङ्जा: जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित गत चैत्र पुर्णिमा (३० गते) देखि सुरु भएको मेलामा दुई दिन सांगीतिक कार्यक्रमको आयोजना भएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।
उनका अनुसार नव वर्षको अवसरमा आइतरबार र सोमबार ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिनेछिन् । भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र होम गुरुङले प्रस्तुती दिए ।
अब मंगलबारदेखि गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुनेछ । यस्तै नृत्य प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष रानामगरले बताए ।
उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।
यसैगरी नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए ।
उक्त कार्यक्रम यही पञ्चमीसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

